तनहुँमा डेङ्गु बढ्दै, सचेत रहन अनुरोध
तनहुँ | कात्तिक १९, २०७९
तनहुँ । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ ।
कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
जिल्लामा भदौको अन्तिम सातादेखि डेङ्गुको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताउनुभयो । डेङ्गुको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उहाँको भनाइ छ ।
डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाई लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले बताउनुभयो ।
डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेङ्गुसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले अनुरोध गरेको छ ।
“रोग नियन्त्रण, न्यूनिकरण र रोकथामका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजौं र नष्ट गरौं भन्ने नारा सहित अभियान सञ्चालन गरिएको छ,” अधिकारीले भन्नुभयो, “लामखुट्टेको बासस्थान नष्ट पार्नु नै सबैभन्दा प्रमुख रोकथामको उपाय हो ।”
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

